अभिनेता नाना पाटेकरको निधन: राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने

डिसी नेपाल
२२ असोज २०८३ ११:२१
40
Shares

काठमाडौं । भारतीय चलचित्र क्षेत्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनले बलिउड, राजनीति तथा खेलकुद जगत्मा गहिरो शोक छाएको छ। पाटेकरको असामयिक निधनबाट स्तब्ध बनेका महाराष्ट्रका सांस्कृतिक मामिला मन्त्री आशिष शेलारले ठुलो घोषणा गरेका छन्।

मन्त्री शेलारले मुख्यमन्त्री देवन्द्र फडणवीस नेतृत्वको सरकारले अभिनेता नाना पाटेकरलाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ दिने निर्णय गरेको घोषणा गरेका छन्। मराठी रङ्गमञ्च, मराठी चलचित्र तथा हिन्दी सिनेमामा उनले पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै यो सम्मान प्रदान गर्न लागिएको हो।

नाना पाटेकरको अन्तिम संस्कार उनको अन्तिम इच्छा अनुसार पुणेस्थित उनकै फार्महाउसमा गरिनेछ। सो क्रममा उनलाई राजकीय सम्मान प्रदान गरिनेछ।पाटेकरले ‘परिन्दा’, ‘तिरङ्गा’, ‘अग्निसाक्षी’, ‘खामोशी: द म्युजिकल’, ‘वेलकम’, ‘अपहरण’ र ‘राजनीति’ जस्ता कैयौँ कालजयी चलचित्रहरूमा अभिनय गरेर दर्शकहरूको मन जित्न सफल भएका थिए।

खलनायकदेखि लिएर हास्य रस र गम्भीर चरित्रहरूसम्म, उनले हरेक प्रकारका भूमिकाहरूमा आफ्नो सशक्त अभिनय क्षमता प्रस्तुत गरेका थिए।अभिनेताका साथसाथै नाना पाटेकरले निर्देशक र लेखकका रूपमा पनि काम गरेका थिए।

सन् १९९१ मा प्रदर्शित चलचित्र ‘प्रहार: द फाइनल अट्याक’ मार्फत उनले निर्देशनको क्षेत्रमा कदम राखेका थिए। अभिनयका अलावा उनी सामाजिक कार्य तथा किसानहरूसँग पनि नजिकबाट जोडिएका थिए र किसानका मुद्दाहरूमा सधैँ खरो रूपमा आवाज उठाउने गर्दथे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *