साउदीको रियाद विमानस्थलमा हुथीको क्षेप्यास्त्र प्रहार, अन्तर्राष्ट्रिय उडान नगर्न चेतावनी
फाइल फाेटाे।
साना। यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्।
इरान समर्थित हुथी समूहले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा भएका श्रृङ्खलाबद्ध आक्रमणहरूमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमणको घोषणा गरेको भोलिपल्ट आएको हो।
हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यस आक्रमणले विमानस्थलको नियमित सञ्चालनमा बाधा पुर्याएको छ।
यो साता हुथी समूहले सोही विमानस्थललाई लक्षित गरी आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो। प्रवक्ता सारीले साउदी हवाई क्षेत्र हुँदै उडान सञ्चालन नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः कडा चेतावनी दिएका छन्।
सन् २०१४ देखि यमनमा जारी गृहयुद्धमा संलग्न हुथी विद्रोहीहरूले हाल देशको उत्तरपश्चिमी अधिकांश भूभाग आफ्नो नियन्त्रणमा राखेका छन्। उनीहरू यमनी सरकारसँग क्षेत्रीय प्रभुत्व र नियन्त्रणका लागि निरन्तर संघर्षरत छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो लामो लडाइँका कारण यमनमा हालसम्म दुई लाखभन्दा बढी मानिसहरू विस्थापित भइसकेका छन्।
यसैबिच, यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यो साता हुथी समूहविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ। यमनी सरकारले हुथी लडाकुहरूलाई लाल सागर तथा रणनीतिक बन्दरगाह सहर मोचाका संवेदनशील क्षेत्रहरूबाट पछाडि हटाउन सफल भएको दाबीसमेत गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment