रास्वपाको सचिवालयको बैठक सुरु
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालयको बैठक सुरु भएको छ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको सचिवालयको ‘भर्चुअल’ बैठक सुरु भएको जानकारी दिए। रास्वपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठकसमेत डाकेको छ।
पार्टी सभापति रवि लामिछानेका विषयमा शुक्रबार सर्वोच्चको आदेशपछि रास्वपाले आज सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको हो। सर्वोच्च अदालतले सभापति लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासका आदेशलाइ सदर गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment