दोस्रो हप्तामा ‘के घर के डेरा : घर नं २’लाई उच्च अकुपेन्सी

डिसी नेपाल
११ जेठ २०८२ १०:३५
172
Shares

काठमाडौं। दोस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘के घर के डेरा : घर नं २’ उच्च अकुपेन्सीमा चलिरहेको छ। शुक्रबारबाट यो सिनेमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ।

पहिलो हप्ताभन्दा दोस्रो हप्तामा ‘के घर के डेरा : घर नं २’ लाई दर्शकको उच्च साथ मिलेको छ। शुक्रबार अधिकांश शो हाउसफुल भएका थिए। आज पनि अधिकांश शोमा अकुपेन्सी उच्च रहेको छ।

“आज पनि अहिलेसम्म अग्रिम बुकिङबाटै अकुपेन्सी उच्च देखिएको छ। डोरसेलसहित गरेर अधिकांश शो हाउसफुल भइरहेका छन्,” वितरक करण श्रेष्ठले भने।

सकारात्मक वर्ड अफ माउथका कारण दर्शकको संख्या बढेको निर्माणपक्षले बताएको छ। दर्शकले ‘के घर के डेरा : घर नं २’ आफैंले देखेको र भोगेको कथा भएको बताएका छन्।

आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेका निर्माणपक्षले बताएको छ।

‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धि सागरले लेखेका छन्।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ।

‘के घर के डेरा : घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *