सुनको मूल्य घट्यो

डिसी नेपाल
१४ जेठ २०८२ ११:०४
4.1k
Shares

काठमाडौं। मंगलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ। आज सुन तोलामा रु एक हजार ६०० ले घटेको छ। सोही परिमाणको चाँदी रु १० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु दुई हजार पाँच निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *