थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज
हैदाराबाद । थाइल्याण्डकी २१ वर्षीया ओपल सुचता चुआङ्श्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छिन्। हैदरावादको हाइटेक्स प्रदर्शनी केन्द्रमा १०८ देशका प्रतियोगीहरू बीचमा भएको यो प्रतियोगितामा सबैलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।
मिस वर्ल्ड २०२४ क्रिस्टिना पिज्कोभाले ओपल सुचतालाई आफ्नो मुकुट प्रदान गरेकी छन्। मिस वर्ल्ड रनरअप इथियोपियाकी ह्यासेट डेर्जे थिइन् भने सेकेन्ड रनरअप पोल्याण्डकी माजा क्लाज्दा र थर्ड रनरअप मार्टिनिककी ओरेली जोआचिम भए।
मिस वर्ल्डको उपाधि जितेपछि ओपल सुचताले भावुक हुँदै भनिन्, ‘यो मेरो व्यक्तिगत जित मात्र होइन, हेर्न, सुन्न र फरक पार्न चाहने युवा युवतीहरूको पनि जित हो। म यस विरासतको प्रतिनिधित्व गर्न र मिस वर्ल्डको यो युगमा वास्तविक परिवर्तन ल्याउन पाउँदा गर्व गर्छु।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment