सुन तोलामा एक हजारले बढ्यो
काठमाडाैं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार सुन तोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १९९० रुपैयाँमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment