नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

डिसी नेपाल
२१ जेठ २०८२ ८:०२
204
Shares

भद्रपुर । आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ। नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन बङ्गलादेश निर्यात भएका छन्।

काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सवैभन्दा धेरै रु एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ।

यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायतका सामग्री रहेका छन्।

काँकडभिट्टाबाट रु ३० करोड २७ लाख ७९ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ । यहाँबाट अन्य जडीबुटी, अनिमल फिड, घरायसी सामान निर्यात भएका कार्यालय प्रमुख पाण्डेयले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *