चल्न थाले गाडी (तस्बिरहरू)
काठमाडौं । यातायात व्यवसायीको आन्दोलन फिर्ता भएसँगै आजदेखि निर्वाधरूपमा सार्वजनिक सवारीसाधन चल्न थालेका छन्।
यात्रु बोकेर बिहानैदेखि गाडी गन्तव्यतर्फ प्रस्थान भइरहेका छन्। काठमाडौं उपत्यकामा चल्ने छोटो दूरीका सवारीसाधन पनि बिहानैदेखि चलिरहेका छन्।
मंगलबार अपराह्नतिर गण्डकी सरकारले विवादित नियमावली एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेसँगै यातायात व्यवसायी हडत रोकेका हुन्।
गण्डकी सरकारले राइड सेयरिङलाई वैधता दिने गरी नियमावली ल्याएपछि यातायात व्यवसायी आन्दोलित बनेका थिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment