दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२१ जेठ २०८२ २०:२१
1.4k
Shares

तनहुँ। पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार कास्की जिल्ला माछापुच्छ्रे–४ बस्ने २४ वर्षीय सरोज पौडेललको मृत्यु भएको हो। गम्भीर घाइते पौडेलको उपचारका लागि दमौली अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

जिल्लाको थर्पुबजारबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बस र विपरीत दिशामा गुडिरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *