सदर चिडियाखानामा एउटा गैंडा थपियो
काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैंडा थपिएको छ।
चितवनबाट ल्याइएको गैंडालाई बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो।
चिडियाखानामा एउटामात्रै गैंडा भएपछि वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज बिभागको प्रयासमा अर्को गैंडा थप गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए। बिहिबारदेखि नै प्रदर्शनमा राखिएको उक्त गैंडाको उमेर तीन वर्षको रहेको उनले बताए।
सदर चिडियाखानाले दुईवटा गैंडा माग गरेकोमा अर्को गैंडा छिटै आउने प्रमुख साहले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment