दुई वटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
२६ जेठ २०८२ ७:२३
44
Shares

काठमाडौं। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक सोमबार बस्दैछ।

राज्य व्यवस्था समितिको बैठक बिहान साढे ८ बजे कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ। बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा नेपाल विद्युत प्राधिकरणले २०८२ साल वैशाख महिनामा जारी गरेको श्वेतपत्रका विषयमा छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *