भ्रष्ट ब्यबस्था र भ्रष्ट शासक विरुद्ध आन्दोलन जारी छ : महामन्त्री बर्तौला
काठमाडौं। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भ्रष्ट ब्यबस्था र भ्रष्ट शासकको अन्त्यको लागि आन्दोलन जारी रहेको बताएका छन्।
अहिलेको यथास्थितिबाट मुकुक अघि बढ्नै नसक्ने ठोकुवा गर्दै उनले मनपरितन्त्रलाई जोगाइराख्न सर्बसत्ताबादी चिन्तनबाट ग्रसित भएर शासकहरु अघि बढ्न खोजेको समेत आरोप लगाए।
पार्टीको काठमाडौं जिल्ला समितिद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले जनताको आबाजलाई कुनै पनि सरकारले दबाउन नसक्ने समेत स्पष्ट पारे।
“आन्दोलन सकियो ,असफल भयो, तुहियो भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो, अहिले ज्वारभाट आउनु अघिको सन्नाटा मात्र हो, उनले भने। आन्दोलनलाई थप उचाईमा लैजान आबश्यक गृहकार्य भैरहेको समेत उनको स्पस्टोक्ति थियो।
चाँडै परिणाम चाहने हुटहुटी भएको ठूलो युवा पङ्ति यो आन्दोलनमा सामेल रहेको भन्दै उनले युवाहरुको जोस र उर्जा अनि पुरानो पुस्ताको अनुभबलाइ समेटेर आन्दोलन अघि बढाउने र टुङ्गोमा पुग्ने समेत दाबी गरे। राप्रपा नेपालले काठमाडौंको ११ वटै स्थानिय तहमा समिक्षा सहित आगामी कार्यक्रमको तयारी बैठक बस्ने निर्णय गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment