लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल

डिसी नेपाल
२६ जेठ २०८२ ७:५१
144
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्ने भएको छ। आगामी जेठ ३१ गते शनिबार सुनसरीको धरानमा पहिचानमा आाधारित प्रादेशिक संरचना दस जोड १ मध्येको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्न लागिएको छ।

अधिवेशनमा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम र धनकुटा गरी पाँच जिल्लाबाट प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ। अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवबाट हुनेछ भने पार्टीका सह-अध्यक्ष रकम चेम्जोङ उद्घाटन सत्रको विशिष्ट वक्ता रहने बताइएको छ।

जसपा नेपालको राष्ट्रिय समितिको अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष ३, मुख्यसचिव १, सचिव ३, कोषाध्यक्ष १ सहित ३९ सदस्यीय समिति निर्वाचित हुने व्यवस्था रहेको छ।

पहिचानमा आधारित राष्ट्रिय समितिले मुलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरु गर्ने भनि पार्टी विधानले व्यवस्था गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *