भिजिट भिसा प्रकरणमा हामीले राखेका मागमा सत्तापक्ष गम्भिर भएनः रास्वपा

डिसी नेपाल
२६ जेठ २०८२ १८:४४
88
Shares

काठमाडौं। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरुले राखेका मागका विषयमा सत्तापक्ष गम्भिर नभएको बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले सदनको गतिरोध खुलाउने विषयमा पटक पटक छलफल भएपनि सत्तापक्ष गम्भिर नभएको बताएका हुन्। आफूहरुले उठाएका मागका बारेमा कांग्रेसका नेताहरु असहमत भएपछि सहमतिको वातावरण बन्न नसकेको उनले बताए।

परियारले भिजिट भिसा प्रकरण सानो घटना नभएकाले छानबिन समिति बनाउनका लागि प्रस्ताव गरेपनि सत्तापक्षले गृहमन्त्रीको राजीनामा पनि नआउने र समिति पनि नबन्ने भनेपछि संवादमा बस्नुको कुनै औचित्य नभएको जिकिर गरे।

परियारले सत्तापक्षले प्रतिपक्षीको माग सम्बोधन गरे सबै समस्या समाधान हुने स्पष्ट पारे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *