विद्यार्थीले चाहेको विषय पढ्न पाउने गरी विश्वविद्यालय तयार हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूले चाहेको विषय पढ्न पाउने गरी विश्वविद्यालयलाई तयार गर्नुपर्ने बताएका छन्।
मंगलबार जनकपुरमा राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई इच्छा लागेका विषय पढ्न पाए उनीहरूले आफ्नो प्रतिभा देखाउन सक्ने भएकाले चाहेको विषय पढ्न पाउने गरी विश्वविद्यालयलाई तयार गर्नुपर्ने बताएका हुन्।
उनले प्रतिभा नभएर नभइ आफूलाई इच्छा लागेको विवषय पढ्न नपाएर विद्यार्थीहरू फेल हुने गरेको जिकिर गरे। उनले राजर्षि जनक विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थी विश्वका जुनसुकै नागरिकसँग प्रतिस्पर्धा गर्न अब्बल सावित हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले पश्चिमा विश्वविद्यालय नेपालमा भन्दा करिव १८ सय वर्षपछि मात्र स्थापना भएको उल्लेख गरे।
विभिन्न संकाय र तहका १२५ विद्यार्थी दीक्षित भएको राजर्षि जनक विश्वविद्यालयले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment