पत्रकारिता परपीडक नभई सकारात्मक र विश्लेषणात्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली
ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणात्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताएका छन्।
रातोपाटी डटकमले १२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गरेका हुन्।
‘झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा पुग्छ, आलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ, एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ, अवान्छित आरोपबाट रातोपाटी बचेको छ मान्छे मन परेन भने पनि आफ्ना लागि सत्य कुरा लेख्नुपर्छ। आफ्ना लागि सत्य बङ्ग्याइहाल्नुपर्ने खालको प्रवृत्ति हुनु हुँदैन।’ प्रधानमन्त्री ओलीले भने।
इमानदारको खडेरी देशमा नपर्ने भन्दै कसैले स्वार्थले इमानदार नदेख्ने बताए। ‘इमानदारको खडेरी देशमा परेको हुँदैन। कसैले आफ्ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ ?’ उनले भने।
प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापन सहित सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment