भिजिट भिसा प्रकरण निष्कर्षमा पुर्याउँछौं : सोविता गौतम
काठमाडौं । रास्वपा संसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपुर्याई नछाड्ने स्पष्ट पारेकी छन्।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भिजिट भिसा प्रकरण देशकै लागि निकै गम्भीर रहेकाले आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपुर्याई नछाड्ने स्पष्ट पारेकी हुन्।
उनले यसमा राष्ट्रिय सहमति खोज्नका लागि नै रास्वपाले पाँच बुँदे ड्राफ्ट तयार पारेर छलफलमा लगे पनि सत्तारुढ दल नमानेको धारणा राखिन्। माओवादीले ल्याएको ड्राफ्ट आफूहरूको सरोकारको विषय नभएको भन्दै उनले आफूहरू पाँच बुदे ड्राफ्टमा अडिग रहेको बताइन्।
उनले रास्वपाले सदन अवरुद्ध गरेको नभई जनताको मुद्दा समाधान गर्नका लागि बाटो खोजिरहेको तर्क गरिन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment