प्रतिपक्षीकाे अवरोधपछि संसद बैठक स्थगित

डिसी नेपाल
२९ जेठ २०८२ १९:१३
92
Shares

काठमाडौं। प्रतिपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ।

बिहीबार प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए। भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन्। उनीहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद सांसदहरुको बोल्ने थलो भएकाले जनताको मुद्दामाथि बहस गर्ने वातावरण बनाउन आग्रह गरे।

संघर्षको स्वरुप परिवर्तन गर्दै संसद सञ्चालन हुने अवस्था सिर्जना गर्न समेत उनले आग्रह गरे। प्रतिपक्षी दलका सांसदले निरन्तर उठेर विरोध जनाएपछि सभामुख घिमिरले कार्यसूचीमा रहेका कार्यक्रमलाई हटाउँदै शुक्रबार १ बजे बस्नेगरि स्थगित गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *