आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै गरेको बताएका छन्।
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले विगत ११ महिनायताको देशको आर्थिक सूचकांक राख्दै बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै गरेको बताएका हुन्। सरकारको खातामा रु तीन खर्ब ६० अर्ब मौज्दात, सोधनान्तर स्थिति रु ४३८ अर्ब ५२ करोड, आयात १३ प्रतिशत र निर्यात ७३ प्रतिशतले वृद्धि रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
यस्तै रेमिट्यान्स एक महिनामै रु एक खर्ब ६५ अर्ब, रेमिट्यान्स १३ दशमलव २ प्रतिशतले वृद्धि, विदेशी मुद्रा विनिमयको सञ्चिती रु १८ अर्ब ४० करोड, राजस्व परिचालन रु ९२२ अर्ब ४३ करोड र मूल्य वृद्धिकर २ दशमलव ७७ प्रतिशत रहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment