भारतमा भएको विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

डिसी नेपाल
३० जेठ २०८२ १२:५६
16
Shares

काठमाडौं । भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इण्डियाको विमान हिजो दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २४१ यात्रुको मृत्यु भएको घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र नभए विश्वलाई नै स्तब्ध र मर्माहत बनाएको नेपाली कांग्रेसले जनाएको छ।

उक्त घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै उक्त कुरा बताएका हुन्।

विमान दुर्घटनाबाट भारत, बेलायत, क्यानडा र पोर्चुगल सरकारले व्यहोर्नु परेको यो मानवीय क्षतिप्रति सभापति देउवाले सहानुभूति प्रकट गरेका छन्।

घटनामा परी निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चीर शान्तिको कामना साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *