प्रतिनिधिसभा बैठक सुरू, रास्वपा र राप्रपाको विरोध कायमै

डिसी नेपाल
३० जेठ २०८२ १७:००
24
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरू भएको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भए पछि संसद सुरू भएको हो।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाइरहेका छन्।

सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद हितराज पाण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर विरोध जनाइरहेका छन्।

भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग उनीहरूको रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *