राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत

डिसी नेपाल
१ असार २०८२ १४:३४
40
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उनले प्रांगारिक र प्राकृतिक मल उत्पादनलाई प्रवर्द्धन, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यसमा लागेको कर हटाइएको तथा बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि वृद्धि हुने बताएका थिए।

अर्थमन्त्री पौडेलले प्रस्ताव प्रस्तुत गरिरहेका बेला सांसद राजेन्द्र पाण्डेले सांसदको नाराबाजीका कारण मन्त्रीले भनेको कुरा नसुनिएकाले यसलाई एउटा निष्कर्षमा लगेरमात्र सभा सञ्चालन गर्न माग गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको छ। बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *