पढ्नुहोस् तपाईंको आजको राशिफल

डिसी नेपाल
३ असार २०८२ ७:०७

वि.सं.२०८२ साल आषाढ ३ गते। मङ्गलवार। इस्वी सन् २०२५ जुन १७ तारिख। नेपाल संवत् ११४५। सिद्धार्थी संवत्सर। उत्तरायणं। ग्रिख्म ऋतु। श्रीशाके १९४७। आषाढ शुक्लपक्ष। तिथि–षष्ठी, १७ घडी ४७ पला, दिउसो १२ बजेर १६ मिनेट उप्रान्त सप्तमी। नक्षत्र–शतभिषा, ४४ घडी ४२ पला, बेलुकी ११ बजेर ३ मिनेट उप्रान्त पूर्र्वाभाद्रपदा। योग–विष्कुम्भ, ८ घडी २२ पला, बिहान ८ बजेर ३१ मिनेट उप्रान्त प्रीति। करण–वणिज, दिउसो १२ बजेर १६ मिनेट उप्रान्त भद्रा, बेलुकी ११ बजेर ३० मिनेट उप्रान्त बव। आनन्दादिमा–मृत्य योग। चन्द्रराशि–कुम्भ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट। सूर्यास्त बेलुकी ६ बजेर ५९ मिनेट। दिनमान ३४ घडी ३५ पला।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

विभिन्न साधन स्रोत जुटाई दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ। पैतृक सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ। बैङ्किङ तथा शेयर बजारमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रणय सम्बन्धका रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ। दाजुभाइको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

शुभचिन्तक तथा परिचित व्याक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ। कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ। पुराना विवादलाई सल्टाउन तपाईँको महत्त्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ। अध्ययनमा मन जानेछ। प्रणय सम्बन्धमा पथ प्रगाढता थपिनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ। पढाइ लेखाइको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ। भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ। सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ। प्रेममा सामीप्य बढ्नेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ। भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु हुन सक्छन्। प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ। खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। पढाइ लेखाइमा प्रशस्त समय दिए मात्र सफलता हात पार्न सकिनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ। व्यावसायिकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ। माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ। मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ। बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

आट, साहस, हिम्मतले कामहरू सम्पादन हुनेछन्। अध्ययनमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ। पुराना ऋण तिर्न सकिने तथा रोग केही भए बिसेक हुनेछ। मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ। पछिसम्म आम्दानी भइरहने व्यवसाय सुरु गर्न सकिनेछ। प्रेमको डोरो कसिलो हुनेछ। वित्तीय क्षेत्र तथा शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ। शेयर बजार तथा व्यापार व्यवसाय अरू दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ। चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ। माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ। सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ। आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

चुनौतीका बावजुत पनि राजनीति तथा समाजसेवामा राम्रा काम गरेर देखाउन सकिनेछ। विशेष तथा गोप्य योजनाहरू केही दिन पछि मात्र सार्वजनिक गर्नुहोला। आफन्त तथा अग्रजसँग सैद्धान्तिक विषयमा राय बाझिनेछ। घर जग्गा तथा सवारी साधनको कारोबार तथा प्रयोग गर्दा ध्यान दिनुहोला। प्रेममा अविश्वास बढ्ने योग रहेको छ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ। छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ। विवादित विषयको निर्णय तपाईँकै पक्षमा हुनेछन्। दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ। भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ। शेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ। प्रेममा सामीप्य बढेर जानेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ। रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ। शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ। पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बडी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ। प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

अवसरहरूको सदुपयोग गर्दै राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ। व्यापार, शेयर बजार तथा उद्योगको लगानी फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ। राजनीतिमा समय लगानी गर्र्नेहरुले पद पाउने तथा इज्जत प्रतिष्ठा जोड्न सक्नेछन्। पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ। प्रणय सम्बन्ध थप बलियो बन्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

समय मध्यम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन। खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ। माया प्रेममा धोका तथा विश्वासघात हुनेछ। काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ। तापनि विदेशी सामानको व्यापार व्यावसfय फस्टाएर जानेछ। लामो दुरीको यात्रा हुनेछ। विदेशमा बसेर काम तथा अध्ययन गर्नेहरूका लागि समय उत्तम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

लघुकथा : लत

२१ असार २०८२ ७:२७

कविता : सपनाको उडान

२१ असार २०८२ ७:२८

लघुकथा : राजनीति

२१ असार २०८२ ७:२६