जीप दुर्घटनामा दुई जनाको मृत्यु, चालक घाइते

डिसी नेपाल
३ असार २०८२ ७:११

काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिका-५ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका-१ गाप्टुङ घर भई बुटवल उपमहानगर-११ मझुवा बस्ने ४६ वर्षीय विनोद ढुंगाना र अर्का पहिचान नखुलेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

सोमबार साँझ आर्यभञ्ज्याङबाट रामपुरका लागि छुटेको लु १ च ६७५६ नम्बरको जीप वीरकोटको आर्यभञ्ज्याङ-रामपुर कच्ची सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र अर्का एक जनाको मिसन अस्पताल तानसेन पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा चालक बुटवल उपमहानगर-११ का ३० वर्षीय राजु खड्का घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जीप दुर्घटनाको कारण खुल्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *