विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा

डिसी नेपाल
३ असार २०८२ २२:३६

काठमाडौं। गृह मन्त्रालयले मंगलबार विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको निर्णयानुसार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका कर्मचारीलाई सरूवा, पदस्थापन तथा काज खटाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव राजुराज कडरियालाई गोरखा, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारका महानिर्देशक सुरेश पन्थीलाई भोजपुर, गुल्मीका प्रजिअ जनार्दन गौतमलाई डडेलधुरा, मन्त्रालयकी सहसचिव सुनिता नेपाललाई इलामको प्रजिअमा सरूवा गरिएको छ भने इलामकी प्रजिअ कल्पना श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ।

मन्त्रालयले आज सार्वजनिक गरेको सरूवा विवरणअनुसार बैतडीका प्रजिअलाई दीर्घराज उपाध्याय र डोटीका प्रजिअ मोहनराज जोशीलाई गृह मन्त्रालय ल्याइएको छ। मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारमा खटाइएको छ।

सल्यानकी प्रजिअ सावित्रा पुनलाई सहायक प्रजिअका रूपमा डडेलधुरा पठाइएको छ भने गृह मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीलाई सल्यानको प्रजिअमा सरूवा गरिएको छ।

गृहका सहसचिव केदारनाथ शर्मालाई जुम्ला, गृहका सहसचिव वासुदेव दाहाललाई रोल्पा, गोरखाका प्रजिअ पुण्यविक्रम पौडेललाई बैतडीको प्रजिअमा खटाइएको छ भने डडेलधुराका प्रजिअ चोमेन्द्र न्यौपानेलाई गृह मन्त्रालय ल्याइएको छ।

यस्तै अध्यागमन कार्यालय गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत दिनेशसागर भुसाललाई सिन्धुलीको प्रजिअमा पठाइएको छ भने भोजपुरका प्रजिअ नरबहादुर थापालाई गृह मन्त्रालयमा ल्याइएको छ।

यस्तै रोल्पाका प्रजिअ खिमबहादुर रायमाझीलाई गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाको प्रमुख अध्यागमन अधिकृत बनाइएको छ। गृह मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरूङलाई डोटीको प्रजिअमामा पठाइएको छ भने सिन्धुलीका प्रजिअ लीलाप्रसाद शर्मालाई गृह मन्त्रालयमा ल्याइएको छ। जुम्लाका प्रजिअ रामबहादुर शाहीलाई सप्तरीको प्रजिअमा सरूवा गरिएको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *