डोटीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

डिसी नेपाल
६ असार २०८२ १५:२५

धनगढी । डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्लाको आदर्श गाउँपालिका-१ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडकअन्तरगत सुप्रप ०१००१ ज १३९५ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट अन्दाजी दुई सय ५० मिटर तल खसेको छ।

मृतक र घाइतेको परिचय नखुलेको तथा घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *