पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

डिसी नेपाल
६ असार २०८२ १६:०२
72
Shares

काठमाडौं । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ। जिल्लाको कालिगण्डकी गाउँपालिका-१ गरगरे स्थित कालीगण्डकी करिडोर खण्डमा माथिबाट पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। बाटो खुलाउने काम भइरहेको छ।

चट्टान सहितको पहिरो खसेकाले समय लाग्ने प्रहरीले भनाइ छ। त्यस्तै तीन दिन अघि कालिगण्डकी गाउँपालिका-६ बरम्बा स्थित कालिगण्डकी करिडोर सडकको गुल्मी खण्ड अवरुद्ध भएको थियो।

अवरुद्ध सडक मंगलबार मात्रै एकतर्फी खुलेको थियो। हालसम्म पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन।

भएको कालिगण्डकी करिडोर एकतर्फी खुलेको छ। गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बरम्बा स्थित कालिगण्डकी करिडोर सडकको गुल्मी खण्डमा सोमबार दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *