पत्रकार रजकका परिवारलाई रास्वपाले तीन लाख सहयोग गर्ने

डिसी नेपाल
७ असार २०८२ १०:४२
60
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार माइतीघर मण्डलामा आयोजित कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले तीन लाख सहयोग घोषणा गरेका हुन्।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा दृश्य खिच्न गएका एभिन्युज टीभीका क्याराम्यान रजकको जलेर मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *