ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

झापा । झापामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गएको छ।
पूर्वपश्चिम राजमार्गको रतुवा पुलमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ३० वर्षीय सुशील राईको मृत्यु भएको हो।
गएराति ९:३० बजे कमल–५ रतुवा पुलमा दमकबाट केर्खातर्फ आउँदै गरेको मे १ ख ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा सोही दिशातर्फ आउँदै गरेको मे ९ प ८९०४ नम्बरको मोटरसाइकल सो ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक राई गम्भीर घाइते भएका थिए। उनलाई निम्स अस्पताल दमकमा पुर्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा अस्पताल लैजाने क्रममा दमक–६ गणतन्त्र चोकमा आफन्तले मृत्यु भइसकेको शंका लागेर पुनः निम्स अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए।
फरार रहेका ट्रक चालक अर्जुनधारा–७ बस्ने ५३ वर्षीय रघुनाथ सिटौला इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जनाइएको छ।
Facebook Comment