माधव नेपालको थुनछेक बहस सुरु
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको थुनछेक बहस सुरु भएको छ।
विशेष अदालतमा थुनछेक बहस सुरु भएको हो। आज अदालतमा उपस्थित भएर बयान दिएका नेपालको थुनछेक बहस थालिएको हो।
वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस सुरु गरेका छन्। अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्यालसहित सरकारी वकिलको टोलीले बहस गर्नेछ।
सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्नेछन्।
नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी लगायत १२० जनाले बहसका लागि नाम टिपाएका छन्।
तर, थुनछेक बहस लम्बिएमा आज नेपाल न्यायिक हिरासतमा बस्नुपर्ने हुनसक्ने भएकाले नेपालको तर्फबाट केही कानुन व्यवसायीले मात्रै बहस गर्ने बताइएको छ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितले बहस गर्दै छन्। अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment