एमाले सचिवालय बैठक सुरु
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा पार्टीको सचिवालय बैठक सुरु भएको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ। एमालेले आगामी भाद्र २०, २१ र २२ गते विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ।
अधिवेशनले विधानलाई अद्यावधिक र आगामी संगठनात्मक कार्यदिशा तय गर्ने छ। यस अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म भएको थियो। दुई महाधिवेशनको बीचको समय पारेर एमालेले विधान अधिवेशन बनाउने प्रावधान छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment