निराशा चिर्दै नेपाल अगाडि बढि रहेको छ : मन्त्री भण्डारी

डिसी नेपाल
११ असार २०८२ १८:१८
24
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले निराशाहरु चिर्दै नेपाल अगाडि बढि रहेको बताएका छन्।

एभरेष्ट फाइभर सिमेण्ट बोर्ड प्रालिको उद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले निराशाको बीचमा पनि आशाको दियो बलिरहेको भन्दै यती बेला व्याप्त निराशालाई केही गरेर देखाउन खोजी रहेको बताए।

उनले भने, ‘नेपाल बन्दैछ, निराशाको बीचमा पनि आशाको दियो बल्दैछ। यती बेला व्याप्त निराशालाई, हामीले केही न केही गरेर देखाएर त्यसभित्र सम्भावना खोजि रहेका छौ। हामीले जबसम्म उत्पादन वृद्धि गर्न सक्दैनौँ तबसम्म उद्योगको योगदान जिडिबिमा हुदैँन्, रोजगारीमा हुँदैन्।’

यस्तै, उनले उद्योगको लागि मन्त्रालयसँग बजेट प्रयाप्त नभएपनि निजी क्षेत्रसँग प्रयाप्त रहेको भन्दै उनीहरुलाई नीतिमा सहुलियत दिनुपर्ने बताए।

उनले भने, ‘उद्योग खोल्न सकिन्छ तर सञ्चालन गर्नको लागि चुनौती छ। उद्योग र उद्यमशिलतामा जोखिम हुँदा पनि यसलाई सुरु गर्नुपर्ने छ। यसका लागि राज्यको नीति आवश्यक छ। हामीले धेरै उद्योग स्थापना गर्नुपर्ने छ, धेरै रोजगारी सिर्जना गनुपर्नेछ तर सरकारको बजेटको दायराभित्र रहेर गर्नुपर्ने छ। हामीसँग बजेट प्रयाप्त छैन्। हामीले बजेटमा भन्दा पनि यसपाली नीतिमा बढि ध्यान दिएका छौ। नीतिमा सहुलियत दिउ बजेट निजी क्षेत्रसँग छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *