सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी
काठमाडाैं। संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेका छन्।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी खोलिएको थियो। जसमध्ये तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेको समिति सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिइन्।
त्यस्तै समितिको कार्यक्षेत्रभित्र नपर्ने अन्य दुई वटा उजुरी समेत प्राप्त भएको उनले बताइन्। उजुरीका बिषयमा छलफल गर्न शुक्रबार बस्ने समिति बैठकमा उजुरीकर्तालाई बोलाइएको सभापति न्यौपानेले जानकारी दिइन्।
उजुरीकर्तासँग छलफल गरेपछि असार १५ गते प्रस्तावित न्यायधीशको संसदीय सुनुवाई गर्ने समिति सचिवालयको कार्यतालिका पारित गरिएको सभापति न्यौपानेले जानकारी दिइन्।
यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल,उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
त्यस्तै न्यायपरिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालको संसदीय सुनुवाई पनि संगसंगै अघि बढ्ने समितिले जनाएको छ। नेपालबिरुद्ध कुनै पनि उजुरी नपरेको सभापति न्यौपानेले बताइन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment