केन्द्रीय अफ्रिकी गणराज्यमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड, २९ बालबालिकाको मृत्यु
काठमाडौं। केन्द्रीय अफ्रिकी गणराज्यको राजधानी बाङ्गुईमा ट्रान्सफर्मर विस्फोटपछि भएको भागदौडमा परी २९ बालबालिकाको मृत्यु भएको छ।
बाङ्गुई सामुदायिक अस्पतालले राजधानीको एक विद्यालयमा विद्युत ट्रान्सफर्मर विस्फोट भएपछि ठूलो संख्यामा विद्यार्थीहरूमा डर र आतंक फैलिएको जनाएको छ।
स्थानीय रेडियोहरुले समेत विस्फोटको आवाज र धुँवा देखेपछि स्नातक तहको परीक्षा दिइरहेका करिब ६ हजार विद्यार्थी आतङ्कित बनेका थिए।
यसकै कारण भएको भगदौडमा २९ बालबालिकाको ज्यान गएको र २८० भन्दा बढी घाइते भएको जनाइएको छ।
राष्ट्रपति फॉस्टिन-अर्चेन्ज टौडोले राष्ट्रिय शोकको घोषणा गर्दै घाइते सबै बालबालिकाको उपचार निःशुल्क गरिने बताएका छन्।
उक्त घटना लिसी बार्थेलेमी बोगांडा स्कुलमा भएको हो, जहाँ राजधानीका पाँच विभिन्न विद्यालयका विद्यार्थीहरू स्नातक परीक्षा दिन जम्मा भएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment