कांग्रेसले किन्यो १३ करोडको जग्गा, पार्टी कार्यालय विस्तार गरिने

डिसी नेपाल
१३ असार २०८२ १४:१५
468
Shares

काठमाडौं । नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयसँगै जोडिएको १९ आना जग्गा खरिद गर्ने सम्झौता गरेको छ। पार्टी कार्यालय विस्तार गर्न १३ करोडमा जग्गा किन्ने सम्झौता गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टि रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको जग्गा कांग्रेसले १३ करोडमा किन्ने निर्णय गरेको उनले बताए।

कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैना सहित सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *