प्रस्तावित तीन न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

डिसी नेपाल
१३ असार २०८२ १८:०५
32
Shares

काठमाडौं। संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेका उजुरीसम्बन्धमा उजुरीकर्तासँग छलफल गरेको छ। समितिको आजको बैठकमा पाँचै जना उजुरीकर्तासँग छलफल भएको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिए।

प्रस्तावित न्यायाधीशविरुद्ध पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाई प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको थियो। उजुरीकर्तासँगको छलफल सकिएकाले आइतबार बस्ने बैठकमा न्यायाधीशको सुनुवाई गरिनेछ।

सरकारले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *