साउन २९ देखि एसईईको ग्रेड वृद्धि परीक्षा संचालन हुने
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा आगामी साउन २९ गते देखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शुक्रबार एसईईको नतिजा सार्वजनिक गर्दै साउन २९ गते देखि ग्रेड वृद्धि परीक्षा संचालन हुने बताएको हुन्।
यसपटक ६१.८१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बोर्डले जनाएको छ। जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन्।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment