जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री

डिसी नेपाल
१४ असार २०८२ १०:२०
32
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन्।

चौहत्तरौं मदन भण्डारीको जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आज नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४औं जन्मजयन्ती। जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।’

आज एमाले र त्यसको जनवर्गीय सङ्गठनले तत्कालीन एमालेका महासचिव भण्डारीको ७४औं जन्मजयन्ती विविध कार्यक्रम गर्दै मनाउँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *