मोरङको पञ्चायत माविले ल्यायो उत्कृष्ट नतिजा
काठमाडौं । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ स्थित श्री पञ्चायत माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याएकव छ। विल्यालयमा प्राविधिक र सामान्य धारतर्फ विद्यालयले उत्कृष्ट नतिजा ल्याएको हो।
प्राविधिक धारतर्फ अर्पण खड्काले सर्वाधिक ३.६३ जीपए प्राप्त गरेका छन्। विनय निरौलाले ३.६२ ल्याउँदा बन्दना महतोले ३.५९ जीपीए प्राप्त गरिन्। प्रविधिक धारतर्फ ४८ जना विद्यार्थीले परीक्षा दिएकोमा सतप्रतिशत उत्तीर्ण भएका छन्।
यस्तै सामान्य धारतर्फ अमूल्य घिमिरे र संविधान लिम्बुले समान ३.९६ जीपीए ल्याएका छन्। स्पर्श तिम्सिनाले ३.८९ जीपीए ल्याएकी छन्। सामान्य धारमा कुल २०३ जना विद्यार्थीले परीक्षा दिएकोमा ८५ उत्तीर्ण भएका छन्।
विद्यालय प्रशासनले राम्रो नतिजा दिन सकेकोमा विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment