माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन : पाण्डे

डिसी नेपाल
१४ असार २०८२ १४:०२
48
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पार्टीभित्रको जिम्मेवारीबाट हटाउने नहटाउने कुरा पार्टीको विधान अनुसार हुने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपश्चात उनले अध्यक्षको सांसद पद निलम्बन हुनु कानूनी व्यवस्था भएको भन्दै यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीबाट पनि निलम्बन गर्नुपर्छ भन्ने कुरा नमिल्ने बताए।

उनले भने, ‘यस्तो मुद्दा राजनीतिकर्मीहरुलाई आइराख्छ। त्यसकारण मुद्दा एउटा ठाँउमा होला, संसदीय फाँटको काम एउटा ठाँउमा हुन्छ। पार्टीको कामको फाँट प्रक्रिया अर्को ठाँउमा हुन्छ। त्यसकारण मुद्दा लागिसकेपछि सांसद पद स्वत निलम्बन भएको छ। त्यो कानूनी व्यवस्था हो। तर यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीलाई पनि त्यसैगरि निलम्बन गर्नुपर्छ भन्ने कुरा रहदैँन्। पार्टी पद्धती, विधान जस्तो छ त्यही हिसाबले अगाडि बढ्ने हो।’

यस्तै, उनले आजको समय विचारहरु राख्ने र जिल्ला, प्रदेशको रिपोर्टिङमै गएको भन्दै भोलीको बैठकले निर्णय निकाल्न सक्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *