ट्रम्पद्वारा क्यानडासँगको व्यापार वार्ता अन्त्यको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता ‘तुरुन्तै’ अन्त्य गर्ने बताएका छन्।
ट्रम्पले भने – क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेर कर लगाउने तयारी गरिरहेको छ।
अमेरिका र क्यानडा जुलाईको मध्यसम्ममा व्यापार सम्झौतामा सहमति जुटाउने दिशामा काम गरिरहेका बेला राष्ट्रपति ट्रम्पले यो कदम चालेका हुन्।
यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि नै ट्रम्पले ‘व्यापार युद्ध’ सुरु गर्दै आएका छन्। त्यसबेलादेखि दुवै देशले एकअर्काको सामानमा कर लगाएका छन्।
शुक्रबार, अमेरिकी राष्ट्रपतिले प्राविधिक कम्पनीहरूमाथि उच्च करको बारेमा वार्ता समाप्त गर्दैछौं भने।
ट्रम्पले अर्को हप्ता नयाँ शुल्क घोषणा गर्ने पनि बताए। ट्रम्पले ट्रुथ सोसलमा लेखे, “हामी क्यानडासँगको व्यापार सम्बन्धी सबै छलफलहरू तत्काल प्रभावबाट समाप्त गर्दैछौं।”
ट्रम्पले भने, “हामी क्यानडालाई अमेरिकासँग व्यापार गर्न कति कर तिर्नुपर्छ भनेर आगामी सात दिन भित्र बताउनेछौं।”
यद्यपि, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँग वार्ता जारी राख्ने संकेत गरेका छन्। उनले भने, “हामी क्यानडाका जनताको हितमा यी वार्ताहरू जारी राख्नेछौं।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment