डस्टबिनमा फालेको कागजको सानो टुक्राले १ करोड रूपैयाँ दिलायो

डिसी नेपाल
१५ असार २०८२ १२:१४
1.4k
Shares

काठमाडौं । अमेरिकाको शेफर्ड्सभिलमा बस्ने पामेला हावर्ड थोर्नटन नामकी एक महिलाले गल्तिले आफ्नो एउटा लटरी टिकट डस्टबिनमा फ्याँकिदिइन्। तर अब त्यही टिकटले उनलाई १ करोड रूपैयाँभन्दा धेरै (८० हजार डलर) जिताएको छ।

वास्तवमा, पामेलाले ‘फ्लेमिङ्गो बिंगो’ खेलका चार टिकट किनेकी थिइन्। पहिलो तीन टिकटमा उनले कुनै पुरस्कार पाएकी थिइनन्, त्यसैले उनले चौथो टिकट पनि बेकार हुनेछ भन्ने सोचेकी थिइन् र नहेरीकनै डस्टबिनमा फ्याँकिदिइन्।

पामेलाले चिठ्ठा खुल्नुभन्दा अघिल्लो रात फोहोरको थुप्रोबाट टिकट फेला पारेको बताइन्। यो टिकटले उनलाई २०० डलरको पुरस्कार जित्यो। यो पैसाले उनले थप ४ वटा ‘फ्लेमिङ्गो बिंगो’ टिकट किनेकी थिइन् र ती मध्ये एउटाले उनको भाग्य खोलिदियो।

लटरी जितेको बारेमा पामेलाले भनिन्- ‘कर कटौतीपछि मैले लगभग ५७,००० डलर पाउनेछु।’ पामेलाका अनुसार यो पैसाले उनले नयाँ कार किन्नेछिन्, केही बिलहरू तिर्नेछिन् र त्यसपछि आफ्नी आमालाई केही पैसा दिनेछिन्।

अमेरिकाको फ्लेमिङ्गो बिंगो लटरी स्क्र्याच-अफ टिकटमा आधारित लटरी प्रणाली हो। यसमा, स्क्र्याच कार्डमा रहेको प्रतीक विजेता कोडसँग मेल खाएमा प्रतियोगीले लटरी जित्छ। अमेरिकाको हरेक राज्यमा यस्ता धेरै लटरी प्रणालीहरू चल्छन्। सबैको जित्ने रकम पनि फरक-फरक हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *