रोष्ट्रमबाटै निजामती विधेयक च्यातेर बाहिरिए प्रभु साह
काठमाडाैं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक संसदको रोष्ट्रमबाटै च्यातेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलका क्रममा साहले निजामति सेवा विधेयक बिभेदकारी रहेको भन्दै रोष्ट्रमबाटै उक्त विधेयक च्यातेका हुन्। उनले संघीय निजामति सेवा विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी दिए।
गरिवको भविष्यमाथि खेलवाड गर्ने गरि आएको विधेयक स्वीकार्य नहुने भन्दै उनले उक्त विधेयक पारित भए गरिवका लागि कालो दिन हुने दाबी गरे। सरकारी जागिरमा गरिवलाई बञ्चित गर्न खाजेको उनले बताए।
संघीय निजामती सेवा विधेयक पारित गर्ने प्रक्रियामा सहभागी नहुने भन्दै साहले सदन बैठक बहिष्कार गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment