कांग्रेस जिल्ला सम्पर्क समिति समन्वय विभागमा १० सदस्य मनोनयन

डिसी नेपाल
१५ असार २०८२ १९:२७
80
Shares

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सम्पर्क समिति समन्वय विभागमा १० जना सदस्य मनोनित भएका छन्।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेका मुख्यसचिव कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

मनोनयन भएका सदस्यहरूमा विमला नेपाली (दाङ), दिपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाण्डु), रामेश्वर पौडेल (भक्तपुर), किरण पोखरेल (अर्घाखाँची), बद्री ढकाल (कैलाली), कमल काफ्ले (स्याङ्जा), रामप्रसाद ढकाल (धादिङ), छिरिङ लामा (मुगु) र निशा पाण्डे (काठमाडौं) छन्।

विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य नानु बास्तोला छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *