नेतान्याहू विरुद्धको भ्रष्टाचार मुद्दा फिर्ता लिन इजरायली अदालतसँग ट्रम्पको माग

डिसी नेपाल
१६ असार २०८२ ११:५३
604
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि लागेको भ्रष्टाचारको आरोप फिर्ता लिन फेरि आह्वान गरेका छन्। उनले भने – यी आरोपहरूले गाजामा युद्धविराम ल्याउने प्रयासमा अवरोध सिर्जना गरिरहेको छ।

बेन्जामिन नेतान्याहूमाथि २०१९ मा घूसखोरी, ठगी र विश्वास उल्लंघनको आरोप लगाइएको थियो, यद्यपि उनले यी आरोपहरूलाई अस्वीकार गरेका छन्।

इजरायली विपक्षी नेताहरूले ट्रम्पले इजरायलको न्यायिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने कुरामा जोड दिएका छन्।

उनीहरूले नेतान्याहूमाथि राष्ट्रको सुरक्षाभन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप पनि लगाए।

यसैबीच, इजरायली अदालतले कूटनीतिक र सुरक्षा समस्याका कारण प्रधानमन्त्रीको बयान दुई हप्ताको लागि स्थगित गर्न गरेको अनुरोधलाई स्वीकार गरेको छ।

प्रधानमन्त्रीले आफू विरुद्ध विचाराधीन मुद्दामा अदालतमा बयान दिनुपरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *