रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
काठमाडौं। रिक्त रहेको रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते सोमबारका दिन हुने भएको छ।
निर्वाचन आयोगले सोमबार एक विज्ञप्तिमार्फत प्रतिनिधि सभा सदस्य दिपक बोहराको गत चैतमा निधन भएकाले उक्त स्थानमा उपनिर्वाचन गर्न मिति तय गरेको हो।
आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ । साथै उक्त क्षेत्रलाई केन्द्रीत मतदाता नामावाली संकलन पनि स्थगित भएको छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment