नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

डिसी नेपाल
१७ असार २०८२ ६:४५
16
Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। सानेपा, बिपीनगरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ। सो बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ।

हिजाेदेखि सुरु भएकाे केन्द्रीय कार्यसमिति बैठकका तय भएका एजेन्डामा छलफल सुरू भएकाे छ।

कांग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा केन्द्रिय सदस्यहरूसँग राय लिइनेछ। साथै, संघीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको उनले जनाएका छन्।

उनका अनुसार क्रियाशील सदस्यता वितरणका बारेमासमेत महामन्त्रीले जानकारी गराउने तथा तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा यो केन्द्रीय समितिले निर्णय लिनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *