आज संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ।
मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
बिहान ९ बजे बस्न लागेको विधायन व्यवस्थापन समितिको ८९ औँ बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ।
साथै, बिहान १० बजे बस्न लागेको राज्य व्यवस्था तथा सुशासन समितिको ८२औँ बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सदस्यहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment