तेलङ्गनामा रासायनिक कारखानामा विस्फोट हुँदा अहिलेसम्म ३६ जनाको मृत्यु
काठमाडौं । तेलङ्गाना राज्यको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रिएक्टरमा विस्फोट हुँदा भएको ठूलो आगलागीमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ।
सिगाची केमिकल्स कारखानामा भएको यस दुर्घटनामा मृत्यु भएका चार जनाको पहिचान भइसकेको जिल्ला प्रशासनले जनाएको छ। यस दुर्घटनामा ३५ जना घाइते भएका छन्। ती सबैको उपचार भइरहेको छ।
जिल्ला प्रशासनले यस दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ। यसबाहेक ५७ जना सुरक्षित छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन्, “तेलङ्गनाको संगारेड्डीमा भएको कारखाना आगलागीमा ज्यान गुमाउनुपरेकोमा म दुखी छु। हाम्रा समवेदनाहरू आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५०,००० रुपैयाँ अनुग्रह राहत प्रदान गरिने बताए।
यसका साथै, बिहार सरकारले बिहारका बासिन्दा मृतकका आश्रित परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र घाइतेलाई प्रतिव्यक्ति ५०,००० रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।







डिसी नेपाल







Facebook Comment